महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

काठमाडौं। महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् ।
बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई बैंकको स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । असार २२ गतेदेखि लागू हुने गरी उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गरिएको हो।
ठाकुरको नियुक्तिले बैंकको व्यवस्थापनमा थप विशेषज्ञता र अनुभव थप्ने अपेक्षा गरिएको छ। बैंकले आगामी दिनमा वित्तीय क्षेत्रमा स्थिरता र विकासका लागि उनीसँग सहकार्य गर्दै अघि बढ्ने जनाएको छ।