१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ, बोधिचित्त माला खरिदको दाबी « Arthapath.com
२६ असार २०८२, बिहीबार

१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ, बोधिचित्त माला खरिदको दाबी



काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार आइतबार राति वाङ जियान नामक ती विदेशी नागरिकको डेरामा छापा मार्दा उक्त रकम फेला परेको हो ।

पक्राउ परेका वाङले आफू बोधिचित्तको माला खरिद गर्न आएको दाबी गरे पनि रकमको स्रोत नखुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । हाल उनी भिजिट भिसामा नेपाल आएका छन् र भिसा परिवर्तन गरी व्यापारिक गतिविधिमा संलग्न हुने तयारीमा रहेको खुलेको छ ।

प्रहरीले हुण्डी कारोबारको आशंका गर्दै जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्