त्रिविको उपकुलपतिमा जल तथा मौसम विज्ञ अर्याल « Arthapath.com
२५ असार २०८२, बुधबार

त्रिविको उपकुलपतिमा जल तथा मौसम विज्ञ अर्याल



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका रूपमा प्रा.डा. दिपक अर्याल नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उनलाई तीन सिफारिसमध्येबाट चयन गरेका हुन् ।

शिक्षामन्त्री रघुजी पन्तको नेतृत्वमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।

प्रा.डा. अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।


प्रतिक्रिया दिनुहोस्