छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निष्काशनमा ल्याएको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले जेठ २३ गतेदेखि उक्त हकप्रद शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो।
हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१ अनुपातमा) हकप्रद शेयर निष्काशन गरिएको छ।
यसअनुसार, कम्पनीले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको हो, जसको कुल मूल्य ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ (प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ) बराबर हुन्छ।
हकप्रद शेयरका लागि आवेदन दिने योग्य हुन कम्पनीले जेठ २ गते बुक क्लोज गरेको थियो। यस अनुसार, जेठ १ गतेसम्म नेप्सेमा कारोबार भइ नाममा कायम शेयरधनीहरुले आवेदन दिन पाउने छन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले सम्हालेको छ।


















