सेबोनलाई नियमावली संशोधनको स्वीकृति, ब्रोकरकाे पुँजी पुर्‍याउने समय ९ महिना थप « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सेबोनलाई नियमावली संशोधनको स्वीकृति, ब्रोकरकाे पुँजी पुर्‍याउने समय ९ महिना थप



काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई ‘धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी नियमावली, २०६४’ को छटौँ संशोधन गर्न स्वीकृति प्रदान गरेको छ।

संशोधनअनुसार अब धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूले आवश्यक न्यूनतम चुक्ता पुँजी दुई करोड रुपैयाँ पुर्‍याउन थप ९ महिनाको समय पाउनेछन्।

अर्थ मन्त्रालयको स्वीकृतिपछि असार मसान्तसम्मको म्याद पाएका ब्रोकर कम्पनीहरूले अब चैत मसान्तसम्म पूँजी वृद्धि गर्न सक्नेछन्। हाल २३ वटा ब्रोकर कम्पनीले तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्‍याउन बाँकी रहेको सेबोनले जनाएको छ।

सेबोनले दुई साताअघि ब्रोकर कम्पनीको पुँजी वृद्धि, व्यवसायको दायरा विस्तार लगायतका विषय समेटेर नियमावली संशोधन प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको थियो।

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार प्रस्तावमा भएका संशोधन विषयहरूलाई अर्थ मन्त्रालयले स्वीकृति दिएसँगै नियमावली संशोधन प्रक्रियालाई औपचारिकता दिइएको हो।


प्रतिक्रिया दिनुहोस्