पूर्व उपमन्त्रीस्तरका अधिकारीलाई भ्रष्टाचारकाे आराेपमा मृत्युदण्डकाे सजाय « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

पूर्व उपमन्त्रीस्तरका अधिकारीलाई भ्रष्टाचारकाे आराेपमा मृत्युदण्डकाे सजाय



एजेन्सी । चीनमा एकजना पूर्व उपमन्त्रीस्तरका अधिकारीलाई भ्रष्टाचारसम्बन्धी गम्भीर अभियोगमा अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन आयोगका पूर्व उपमन्त्री लुओ युलिनलाई शान्डोङ प्रान्तको एक अदालतले दुई वर्ष निलम्बनसहित मृत्युदण्डको फैसला सुनाएको हो।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, उनलाई सार्वजनिक सम्पत्ति दुरुपयोग, घुस लिने, र आर्थिक अनियमितता जस्ता गम्भीर अपराधमा दोषी ठहर गर्दै अदालतले कडा सजाय दिएको हो।

दुई वर्ष निलम्बनसहितको मृत्युदण्डको अर्थ, यो अवधिभित्र दोषीले कुनै थप आपराधिक गतिविधि नगरेको खण्डमा उनको सजाय पुनरावलोकन गरी आजीवन कारावास वा तोकिएको वर्षको जेल सजायमा रूपान्तरण गरिने सम्भावना रहन्छ।

चीनले विगत केही वर्षदेखि उच्च तहका नेताहरूदेखि कर्मचारीहरूसम्मका लागि भ्रष्टाचारविरुद्ध ुशून्य सहनशीलताु नीति अपनाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्