नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद भदौ २ गतेसम्म थप « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद भदौ २ गतेसम्म थप



काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। अब कम्पनीको हकप्रद शेयरमा भदौ २ गतेसम्म आवेदन दिन सकिने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको छ। अर्थात, हाल कायम १० कित्ता शेयर बराबर ३.४७८३ कित्ता हकप्रद शेयरको अनुपातमा निष्काशन गरिएको हो।

यसअन्तर्गत कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर सार्वजनिक गरेको छ।

कम्पनीले हकप्रद निष्काशनका लागि जेठ ३० गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर खरिद गरी कायम रहेका शेयरधनीहरूले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्