एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी एक कार्यशाला सम्पन्न « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी एक कार्यशाला सम्पन्न



काठमाडाैं । निक्षेप तथा कर्जा सुरक्षण कोष र युएनडीपीको सहकार्यमा ललितपुरको होटल स्क्वायरमा एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी एक कार्यशाला सम्पन्न भएको छ ।

बिहिबार सम्पन्न कार्यशालामा कोष, यूएनडीपी तथा क बर्गका बैकका उच्च व्यवस्थापन तहका पदाधिकारीहरुको सहभागिता रहेको थियाे।

निक्षेप तथा कर्जा सुरक्षण कोष, यूनडीपी तथा छानिएका नौ वटा स्थानीय तहहरुको संयुक्त योगदानमा छुट्टै कोष खडा गरी कृषिसंग सम्बन्धित तोकिएका क्षेत्रमा लगानी गर्न र आम जनताको कर्जामा पहुँच अभिवृद्धि गर्न एकल (ऋणीगत) कर्जा सुरक्षण कार्यक्रम शूरुवात गर्न नमुना परियोजना लागू गर्ने कार्य प्रक्रियामा रहेको छ । यसै सन्दर्भमा कर्जा प्रदायक बाणिज्य बैकहरुको पृष्ठपोषणका लागि यस कार्यशाला आयोजना गरिएको हो ।

राष्ट्रिय बाणिज्य बैक, कृषि विकाश बैक, ग्लोबल आइएमई बैक, लक्ष्मी सनराइज बैक, नेपाल एसबीआई बैक, प्रभु बैक, हिमालयन बैक, एनएमबी बैक, हिमालयन बैक लगायतका बैकहरुका उच्च व्यवस्थापकहरुले कोष र यूएनडीपीको सहकार्यमा तयार भएको स्किमको मस्यौदा उपर सुझाव प्रस्तुत गर्नुभएको थियो ।

मस्यौदा उपर प्राप्त सुझावहरुको थप छलफल गरी ग्रहणयोग्य सुझावहरु अनुसरण गरी स्किमलाई अन्तिम रुप दिइने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले बताए ।


प्रतिक्रिया दिनुहोस्