नेकपा उम्मेदवार चौधरी सवार गाडीमा ‘बम’ जस्तो शंकास्पद वस्तु फेला, पाँचै जना प्रहरी नियन्त्रणमा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेकपा उम्मेदवार चौधरी सवार गाडीमा ‘बम’ जस्तो शंकास्पद वस्तु फेला, पाँचै जना प्रहरी नियन्त्रणमा



काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी सवार सवारी साधनमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि सुरक्षा निकायले उम्मेदवारसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

गएराति करिब ११ बजे पर्साको पर्सागढी नगरपालिका–३, बढनियार चोकमा नियमित जाँचका क्रममा उम्मेदवार चौधरी सवार गाडीको डिक्कीभित्र शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।

घटना लगत्तै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई सुरक्षा घेरामा लिइएको थियो भने नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त गाडीलाई आफ्नो नियन्त्रणमा लिएर सुरक्षित स्थानमा पुर्‍याएको छ।

उक्त गाडीमा उम्मेदवार मनोज चौधरीसँगै नेकपाका नेताहरू सत्यनारायण चौधरी, रामेश्वर मण्डल, सुरज कार्की र चालक मुन्ना अन्सारी सवार रहेका थिए।

प्रहरीले गाडीमा सवार उम्मेदवारसहित सबै व्यक्तिहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ। निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारकै गाडीमा यस्तो वस्तु भेटिनुलाई सुरक्षा निकायले गम्भीरतापूर्वक लिँदै छानबिन तीव्र पारेको छ।


प्रतिक्रिया दिनुहोस्