सुतली बमसहित तीन युवक नेपाली सेनाको नियन्त्रणमा
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा पर्साबाट सुतली बमसहित तीन जना पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६, इनरुवाबाट नेपाली सेनाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नेपाली सेनाको श्रीजंग गणबाट खटिएको टोलीले स्थानीय कृष्ण यादव, रोहित पटेल र अवजित यादवलाई सुतली बमसहित नियन्त्रणमा लिएको छ। सेनाले पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी गरेको छ।

















