दुई कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको दोस्रो दिन बजार सामान्य सुधार आएकोछ । बजार आज ४.२६ अंकले बढेर १९६९.१८ बिन्दुमा बन्द भएको छ ।
सोमबार २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड ४ लाख ४४ हजार १५६ रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । इमर्जीङ नेपाल र थ्री स्टार हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो ।
साथै, भुगोल इनर्जीको ८.७२ प्रतिशत, आरबिबि म्युचुअल फण्ड समूहको ७.९४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
