एकदिन पनि टिकेन सेयर बजारको हरियाली, झन सुस्ताउँदै कारोबार « Arthapath.com
१० आश्विन २०८१, बिहीबार

एकदिन पनि टिकेन सेयर बजारको हरियाली, झन सुस्ताउँदै कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा उच्च गिरावाट आएको छ । बुधवार ४९.८ अंकले वृद्धि भएको बजार आज भने ३२.८१ अंकले घटेको छ ।

बजारको हरियाली एकदिन पनि टिक्न सकेन । आज बजार परिसूचक २ हजार ४८६.७६ अंकको विन्दुमा पुगेर बन्द भएको छ । आज व्यापार समूह ३५.१५ अंक र उत्पादन तथा प्रसोधन समूह झिनो ०.३० अंकले वृद्धि भएको छ। यी बाहेकका अन्य समूहहरु राताम्य बनेका छन् ।

बजारसँगै कारोबार रकम पनि सुस्ताएको छ । उक्त दिन ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँ बराबरको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन अपि पावर कम्पनीको सर्वाधिक ४७करोड ९९ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

दोस्रो स्थानमा रहेको एनएलजी इन्स्योरेन्सको १७ करोड ७३ लाख ५० हजार रुपैयाँ बरारबको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, सीइडीबी हाइड्रोपावर १४ करोड २५ लाख ५२ हजार, सानिमा रिलायन्सको १३ करोड ८५ लाख, नेपाल फाइनान्सको १३ करोड ३९ लाख, हिमालयन रिको ११ करोड ७ लाख र गुडविल फाइनान्सको १० करोड १८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्