यी हुन् आज उच्च दरमा सेयर भाउ वृद्धि भएका कम्पनीहरु, प्रतिकित्ता कसको कति बढ्यो ?
काठमाडौं । मंगलबार तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन सपोर्ट लघुवित्त, युनाईटेड इदी मर्दी आरवि हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।
आज सर्पोट लघुवित्तको सेयर भाउ प्रतिकित्ता २५० रुपैयाँ, युनाईटड इदीको ५३.४० र कुथेलीको २५३.९० रुपैयाँ वृद्धि भई क्रमशः २ हजार ७५० रुपैयाँ, ५८७.४० रुपैयाँ र २ हजार ७९२.९० रुपैयाँ पुगेको छ ।
यस्तै, मिथिला लघुवित्तको ९.६२ प्रतिशत, अपरहेवा खोलाको ८.८० प्रतिशत, माया खोलाको ८.६५ प्रतिशत, अपरसोलुको ७.९६, विशाल बजारको ७.७६ र जानकी फाइनान्सको ७.२६ प्रतिशत वृद्धि भएको छ ।
आज यी बाहेकका गोखार्ज फाइनान्स, बलेफी, ग्रीन भेन्चर्र, कर्पोरेट डेभलपमेन्ट, नेपाल फाइनान्स, तेह्रथुम पावर, नेपाल हाइड्रो, विन नेपाल लघुवित्त लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।