छुट्ला है कामना सेवा विकास बैंकको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् असोज १५ गते बुक क्लोज गर्दैछ । त्यसकारण आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोही विशेष प्रस्ताव पारित गर्न बैंकले आगामी असोज ३० गते साधारण सभा बोलाएको छ ।
सभाले प्रतिकित्ता १०० रुपैयाँका दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने प्रस्तावहरु पनि पारित गर्नेछ ।
सोही सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायका प्रस्तावहरु पनि पारित हुनेछ ।