५ अर्बको ऋणपत्र निष्कासन गर्दै निफ्रा : जेठ १८ गतेदेखि आवेदन खुला, ब्याजदर र अवधि कति ? « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

५ अर्बको ऋणपत्र निष्कासन गर्दै निफ्रा : जेठ १८ गतेदेखि आवेदन खुला, ब्याजदर र अवधि कति ?



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले आगामी जेठ १८ गतेदेखि ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९’ नामक ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५० लाख इकाई ऋणपत्र निष्कासन गर्दैछ। तीमध्ये ३० लाख इकाई ऋणपत्र बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ ।

बाँकी २० लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत खुला गरिने छ। सर्वसाधारणका लागि छुट्याइएको इकाईमध्ये १ लाख इकाई सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।


७ वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । ऋणपत्रमा छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्मको आवेदन दिन सक्नेछन्।

उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबी एस क्यापिटल लिमिटेडले लिएको छ।


प्रतिक्रिया दिनुहोस्