दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार मात्र ४ अर्ब ४१ करोड  « Arthapath.com
१ असार २०८३, सोमबार

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार मात्र ४ अर्ब ४१ करोड 



काठमाडौं । यो साताको पहिलो शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको हो । 

आज नेप्से १२.२६ अंकले घटेको छ । आज नेप्से ०.४५ प्रतिशतले घट्दा परिसूचक २७११.७६ विन्दुमा पुगेको छ । 

आज जम्मा ४ अर्ब ४१ करोड २० लाख ४८ हजार रुपैयाँको मात्र कारोबार भएको छ । आज दिनभरमा १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ७३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १२ वटा  कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३५० वटा कम्पनी कारोबारमा आउँदा ५१ हजार ७०२ पटक शेयर किनबेच भएको छ । 

समूहगत रूपमा हेर्दा आज उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै समूह घटेको छ । 


प्रतिक्रिया दिनुहोस्