लगातार तेस्रो दिन पनि सोनापुर मिनरल्सको सेयरमा नकारात्मक सर्किट, सेयर मूल्य कति ? « Arthapath.com
४ असार २०८२, बुधबार

लगातार तेस्रो दिन पनि सोनापुर मिनरल्सको सेयरमा नकारात्मक सर्किट, सेयर मूल्य कति ?



काठमाडौँ । प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड कारोबारमा आएको तेस्रो दिनमा समेत नकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएको तेस्रो दिन (कात्तिक १४ गते) नकारात्मक सर्किट लागेको हो । आज कारोबारको शुरुवात मै ९.९८ प्रतिशतले घटेर कम्पनीको सेयर प्रतिकित्ता २५५.२० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सोनापुरको पहिलो कारोबार प्रतिकित्ता ३५० रुपैयाँमा खुला भएको थियो । सर्वसाधारणलाई १०० अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँका दरले आइपीओ बिक्री गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्