सोनापुर मिनरल्सको सेयरमा नकारात्मक सर्किट, २१५ कम्पनीको मूल्य घट्यो « Arthapath.com
४ असार २०८२, बुधबार

सोनापुर मिनरल्सको सेयरमा नकारात्मक सर्किट, २१५ कम्पनीको मूल्य घट्यो



काठमाडौँ । मंगलबार २१५ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

बजार आज १४.२९ अकंले घटेर १८६४.४० बिन्दुमा बन्द भएको छ । आज २८६ कम्पनीको २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच हुँदा ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँको कारोबार भएको छ ।

आज सोनापुर मिनरल्सको सेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, एनआइबिएल ग्रोथ फण्डको ५.७१ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ४.४३ प्रतिशत,बिपिडब्लु लघुवित्तको ४.३६ प्रतिशतसहित २१५ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्