नेपाल धितोपत्र बोर्डले मुद्दति खातामा लगानी गर्ने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मुद्दति खातामा लगानी गर्ने भएको छ । बोर्डले लगानीयोग्य रकम मुद्दति खातामा लगानी गर्न लागेको हो ।
उक्त रकम वाणिज्य बैंकमा मुद्दति निक्षेपका रुपमा १ वर्षका लागि लगानी गरिने जनाइएको छ । इच्छुक बैंकले कात्तिक १९ गते कार्यालय समयभन्दा १ घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजातसहित ब्याजदर प्रस्ताव गर्न बोर्डले भनेको द्ध ।
प्राप्त शिलबन्दी प्रस्तावहरु कात्तिक १९ गते दिउँसो ४ः१५ बजे ललितपुरको खुमलटारस्थित बोर्डको कार्यलयमा खोलिनेछ ।