सयपत्रि हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट, अन्य कुनको कति घट्यो ?

काठमाडौँ । सेयर बजार आज पनि राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८६ अकंले घटेर १८४७.७० बिन्दुमा बन्द भएको छ ।
२८१ कम्पनीको ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।
बिहिबार सयपत्रि हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता ५५.८० रुपैयाँले घटेर ५०२.२० रुपैयाँ पुगेको हो ।
त्यस्तै, रावा इनर्जी डेभलपमेन्टको ७.४६ प्रतिशत, बुद्धभुमि नेपालको ५.९१ प्रतिशत र समलिङ्ग पावरको ४.८२ प्रतिशतले घटेको हो ।

