यी हुन् आज सर्वाधिक कमाउने–गुमाउने १० कम्पनी

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.८५ अकंले घटेर १८५२.०८ बिन्दुमा बन्द भएको छ ।
आज २८२ कम्पनीको २८ लाख ३३ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६० लाख ५ हनार रुपैयाँको कारोबार भएको छ ।
आज सयपत्रि हाइड्रोपावरको ६.९६ प्रतिशत, सनराइज ब्लूचिप कोषको ५.८५ प्रतिशत, ओरियन्टल होटलको ४.०३ प्रतिशतले सेयर मूल्य बढेको हो ।

त्यस्तै, माउन्टेन इर्नर्जीको ६.५८ प्रतिशत, नेपाल एसबिआइ बैंकको ६.४३ प्रतिशत र मायाखोला हाइड्रोपावरको ६.३७ प्रतिशतले सेयर मूल्य घटेको छ ।
