नेप्सेमा दुई कम्पनीको हकप्रद सेयर सूचीकृत « Arthapath.com
३ असार २०८२, मंगलबार

नेप्सेमा दुई कम्पनीको हकप्रद सेयर सूचीकृत



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । शुक्रबार अपि पावर लिमिटेड र मल्टिपर्पस फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको हो ।

अपि पावरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर सूचीकरण भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद जारी गरेको थियो ।

त्यसैगरी, मल्टिपर्पस फाइनान्सको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर सूचीकरण गरिएको हो । यो फाइनान्सले सेयरधनीलाई ३५ प्रतिशत हकप्रद जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्