यी हुन् मंगलबार कमाउने कम्पनीहरु

काठमाडौँ । सोमबार सामान्य सुधार देखिएको बजारमा फेरी आज राताम्य भएको छ ।बजार आज राताम्य हुँदा लगानीकर्ता निराश बनेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८२९.३५ बिन्दुमा बन्द भएको छ । मंगलबार २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँको कारोबार भइरहेको छ ।
मंगलबार मन्छीयाम हाइड्रोपावरको ८.१३ प्रतिशत, विपिडब्लस लघुवित्तको ७.४६ प्रतिशत, एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड २ को ६.१४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
