तारागाँउ रिजेन्सीको सेयर कारोबार फुकुवा

काठमाडौँ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कम्पनीले स्पष्टीकरण पेश गरेपछि कारोबार फुकुवा भएको हो ।
कम्पनीको मंसिर १६ गते बसेको बैठकले सेयरधनीहरुलाई यो वर्ष १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सो सम्बन्धि जानकारी मंसिर १७ गते अर्थात आइतबार बेलुका ५ः१५ बजे मात्र नेप्सेलाई दिएको थियो । धितोपत्र मूल्य संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले कारोबार रोक्का सँगै ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न भनेको थियो ।
कम्पनीले मानवीय त्रुटीका कारण समयमै सूचना प्रशारण गर्न नसकेको स्पष्टीकरण पेशपछि सेयर कारोबार खुला गरिएको हो ।