३ दिन भित्र वित्तीय विवरण पेस गर्न सूचीकृत कम्पनीलाई नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई ३ दिनभित्र वित्तीय विवरण पेस गर्न निर्देशन दिएको छ ।
केही कम्पनीहरुले अझै वार्षिक तथा त्रैमासिक वित्तीय विवरण पेस नगरेकोले ३ दिनभित्र पेस गर्न नेप्सेले भनेको हो । तोकिएको अवधिभित्र नेप्सेले उपलब्ध गराएको नट्स लगइनमार्फत वित्तीय विवरणहरु अपलोड गर्न नेप्सेले निर्देशन दिएको छ ।
रिपोर्ट पेश नगरेका कम्पनीहरुलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ बमोजिम कारबाही गरिने नेप्सेले जारी सूचनामा भनेको छ ।