मुक्तिनाथ कृषि कम्पनीको पहिलो कारोबार कतिबाट सुरु भयो ?

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको सेयर कारोबार सुरु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार प्रिओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १७८.८० रुपैयाँमा खुला भएको हो ।
सोही मूल्यलाई आधार मानेर नियमित कारोबार पनि सुरु भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ७६.८१ रुपैयाँदेखि २३०.४३ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो ।