मकरी गाड हाइड्रोपावरको आइपीओ आउँदै

काठमाडौं । मकरी गाड हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभाका लागि मिति तय गरेको छ ।
कम्पनीले असार १८ गते विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय, नारायणगोपाल चोक, महाराजगञ्ज, काठमाडौंमा साझ ५ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने र साधारण सेयर बिक्री पश्चात प्राप्त हुने पुँजी उपयोग गर्ने सम्बन्धमा छलफल हुनेछ ।
कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा छलफल गरिने एजेन्डा छ ।