अहिलेसम्मकै सर्वाधिक सेयर कारोबार « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

अहिलेसम्मकै सर्वाधिक सेयर कारोबार



काठमाडौं । आइतबार नेप्सेमा अहिलेसम्मकै उच्च सेयर कारोबार भएको छ । आईतबार ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

३० हजार ४ सय ५७ कारोबारमा ८७ लाख ६९ हजार ५ सय २२ कित्ता सेयर खरिदबिक्री भएको हो । यसरी कारोबारमा नयाँ कीर्तिमान कायम हुनुमा अनलाइन प्रणाली (नट्स) को पनि योगदान रहेको नेप्सेको भनाई छ ।
कुल रकममध्ये ४४ प्रतिशत अर्थात १ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ अनलाइनमार्फत भएको हो । यस दिन कारोबारमा संलग्न १२ हजार ३९५ लगानीकर्तामध्ये ३ हजार १८८ जनाले अनलाइनमार्फत कारोबार गरेका हुन् । अनलाइनमार्फत ३८ लाख ४० हजार ९०२ कित्ता सेयर किनबेच भएको छ ।

हालसम्म अनलाइन कारोबार गर्न युजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या २१ हजार ६७४ जना पुगेको छ । नेप्सेले कारोबार प्रणालीलाई सीडीएस एन्ड क्लियरिङ लिमिटेड र नेपाल क्लियरिङ लिमिटेडको प्रणालीसँग जोडेको छ । हाल एनसीएचएल मा ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कारोबारको रकम भुक्तानी गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्