आइतबार पहिरो गएको सेयर बजारमा सोमबार फेरी हरियाली, नेप्से करेक्सन हुँदै २००४.३९ अंक पुग्यो

काठमाडौं । साताको पहिलोदिन आइतबार राताम्मे बनेको सेयर बजारमा सोमबार पुनः हरीयाली छाएको छ । आइतबार १ सय २३ अंकले घटेको सेयर बजार सोमबार पुन करेक्सन भएको छ ।
आइतबार राताम्ये भएको बजार सोमबार अनायसै बढेको हो ।
सोमबार सबै समुहको सेयर बढेको हो । नेप्से १९३२ मा कारोवार सुरु भएको बजार आज कारोवार बन्द हुँदा २००४.३९ अंकमा पुगेर बन् भएको छ । सोमबार ६ अर्व ६६ करोड ७९ लाख ५६ हजार ८ सय ३१ रुपैयाको कारोवार भएको छ । सोमबार नेप्से ७२.२८ अंकले बढेको छ ।

बजार घट्दा पनि आइतबार ७ अर्व २० करोडको कारोवार भएको छ । सोमबार सबैभन्दा बढी ननलाइफ इन्स्योरेन्स समुहको ६९८.८१ अंकले बढेको थियो । त्यसैगरी सोमबार बैंकिङ समुह ३१.९१ र विकास बैंक समुह ४३.२५ अंकले बढेको थियो । बजार विहीबारकै अवस्थामा आउन अझै ५० अंक तल छ ।
नेपाल राष्ट्र बैंककले मौद्रिक नितीको समिक्षामा सेयर कर्जाको सिलिङ घटाउने बताएपछि सेयर बजारमा राताम्ये भएको थियो । हिजो करोडौ गुमाएका लगानाीकर्ता सोमबार केही क्षतीपुर्ती गरेका छन । नेपाल राष्ट्र बैंककले सेयर बजारलाई क्षती हुनेगरी सेयर बर्जाको सिलिङ नघटाउने बताएकाले सेयर बजारमा केही राहात देखिएको ब्रोकर एसोसिएसनका पुर्व अध्यक्ष भरत रानाभाटले बताए ।