आइतबार नेप्सेमा पहिरो, ८० अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झर्यो « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

आइतबार नेप्सेमा पहिरो, ८० अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झर्यो



काठमाण्डौ । हप्ताको पहिलो दिन आइतवार शेयर बजार परिसुचक नेप्सेमा पहिरो गएको छ ।
आज नेपसे ७९।७४ ८० अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झरेको छ । होटल तथा पर्यटन बाहेक अरू सबै समूहको शेयर आज घटर राताम्मे भएको छ ।आज नेप्से ७९ दशमलव ७४ अङ्कले घटेर २४ सय ७४ दशमलव दशमलव ३९ विन्दुमा झरेको छ ।

आइतवार दुई सय सात कम्पनीका एक करोड ६० लाख १७ हजार कित्ता शेयर आठ अर्ब ३५ करोड ५२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको एक अर्ब दुई करोड रुपैयाँको शेयर कारोबार भएको छ ।


आज आइतवार बैंकिङ समूहको शेयर साढे ५४ अङ्कले, व्यापारको ११ अङ्कले, विकास बैंकको साढे ७५, जलविद्युतको ६७, फाइनान्सको ३०, निर्जीवन बीमाको एक सय ७८, उत्पादनको एक सय ९८, अन्यको ८१, माइक्रो फाइनान्सको एक सय ४१, जीवन बीमाको ६ सय २४ र लगानी समूहको शेयर चार अङ्कले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्