सानिमा लाइफको आईपीओ आज बाँडफाँड हुँदै, रिजल्ट हेर्ने तरिकासहित
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आज शनिबार बिहान ११ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ सानिमा लाइफ इन्स्योरेन्सको दरबारमार्ग स्थित बिजनेस कार्यालयमा बाँडफाँड गरिने भएको हो ।
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा २४ लाख १९ हजार १२७ जनाले ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयरको लागि आवेदन दिएको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । तर विभिन्न कारणले १ लाख ११ हजार ७२६ जनाको आवेदन रद्द भएको छ । बाँकि २३ लाख १३ हजार ५५६ जनाको मात्रै सदर भएको छ । जसमध्ये १७ लाख ६८ हजार १२२ जना आवेदकको हात खालि हुने भएको हो ।
कम्पनीले बुधबारदेखि ६० करोड रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको थियो ।
आईपीओ बाँडफाँडपश्चात रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
https://iporesult.cdsc.com.np/
www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)
https://meroshare.cdsc.com.np/#/login