बैङ्कहरूले ब्याजदर बढाएपछि सेयर बजारमा पहिरो, सबै समूह राताम्मे हुँदा २५१० मा आइपुग्यो नेप्से « Arthapath.com
२ कार्तिक २०७८, मंगलवार

बैङ्कहरूले ब्याजदर बढाएपछि सेयर बजारमा पहिरो, सबै समूह राताम्मे हुँदा २५१० मा आइपुग्यो नेप्से



काठमाडौँ । कात्तिक १ गते देखी लागु हुने गरी बैङ्कहरूले निक्षेपको ब्याजदर बढाएपछि सो असर सेयर बजारमा देखिएको छ । मङ्गलवार सेयर बजारमा भीषण पहिरो गएको छ । 

मङ्गलवार कारोवारको सुरुदेखीनै घटेको नेप्से २४९२ को अङ्कमा पुगेर पुन करेक्सन भएको छ । झन्डै १ सय अङ्कको रिकभर भएर मङ्गलवार बजार पुन २५१०.७३ अङ्कमा रोकिएको छ ।   

बैङ्कहरूले निक्षेपको ब्याजदर ह्वात्तै बढाएपछि सेयर बजार पनि अस्वाभाविक रूपमा घटेको हो । मङ्गलवार बजार बन्दा हुँदा ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार ९९५ रुपैयाँको मात्रै कारोबार भएको छ । २ सय २१ कम्पनीको ५४ हजार ४ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।

मङ्गलवार सबैभन्दा बढी लाइफ इन्स्योरेन्सको ४ सय २८ प्वाइन्टले बजार घटेको छ । त्यसै गरी नन लाइफको ३१४ अङ्कले गिरावट आएको छ ।

 


प्रतिक्रिया दिनुहोस्