गुराँस लाइफको साधारण सभा सम्पन्न, ५.७८ प्रतिशत लाभांश पारित
काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्सको ११ औँ वार्षिक साधारण सभा इन्स्योरेनसको प्रधान कार्यालय राज भवन, तीनकुने, काठमाण्डौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट सम्पन्न भएको हो ।
साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आ.व. २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूंजीको ५.५००४१७४ प्रतिशतले हुने आउने दश करोड छयासी लाख पैँसट्ठी हजार चार बराबरको बोनस शेयर र सोमा लाग्ने कर बापत ०.२८९४९५६६ प्रतिशतले हुने सन्ताउन्न लाख उन्नाइस हजार दुई सय एकतिस र सन्ताउन्न पैसा नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
साथै सभामा पेस भएको बोनस शेयर जारी पश्चात् वृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरूप वृद्धि गरी कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवं स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित समेत सभाले पारित गरेको इन्स्योरेन्सले जानकारी दिएको छ ।


















