भोली बुधबारसम्म कायम शेयरधनीहरुले पाउँनेछन् ४ कम्पनिको लाभांश, कुनको कति ? « Arthapath.com
१३ पुष २०७८, मंगलवार

भोली बुधबारसम्म कायम शेयरधनीहरुले पाउँनेछन् ४ कम्पनिको लाभांश, कुनको कति ?



काठमाडौं । भोलीसम्म कायम भएका शेयरधनीहरुले ४ कम्पनिको लाभाश पाउनेछन । साधारण सभा तथा लाभांश प्रयोजनको लागि ५ कम्पनिले १५ गते बुक क्लोज मिति तय गरेका छन् । तसर्थ भोलीसम्म कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।
जसमा मञ्जुश्री फाईनान्स, समिट लघुवित्त वित्तीय संस्था, चिलिमे जलविद्युत् कम्पनी, र इन्फिनीटी लघुवित्त वित्तीय संस्थाकोे लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोली हो ।

मञ्जुश्री फाईनान्स
फाइनानसले प्रस्तावित लाभांश वितरण तथा अन्य एजेन्डाहरु पारी गर्नको लागि पुस २९ गते साधारण सभा बोलएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फाइनान्सले पुस १५ गते बुक क्लोज मिति तय गरेको छ । तसर्थ भोलीसम्म कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।

फाइनान्सको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ६ प्रतिशत नगद लाभांश गरि ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुस २९ गते हुने साधारण सभाले प्रस्तावित लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ । साधारण सभा नयाँबानेश्वर भवन काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने छ ।

समीट लघुवित्त वित्तीय संस्था
लघुवित्तले पुस २४ गते साधारण सभा डाकेको छ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनिले १५ गते विहिबारबाट बुक क्लोज गर्ने छ । तसर्थ भोलीसम्म कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।

लघुवित्त संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५.२८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश २४ गते हुने साधारण सभाले पारीत गर्ने छ । सभा पुस २४ गते आँवुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँवुखैरेनी ३ तनहुँमा बिहान १० बजेबाट हुने छ ।

चिलिमे जलविद्युत् कम्पनी
कम्पनिले पुस २३ गते विभिन्न प्रस्तावहरु पारीत गर्न साधारण सभा डाकेको छ । साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि कम्पनिले १५ गतेबाट बुक क्लोज गर्ने छ । तसर्थ भोली बुधबारसम्म कायम भएका शेयरधनीरुहले प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग महाराजगञ्ज, काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुने छ ।

इन्फिनीटी लघुवित्त वित्तीय संस्था
कम्पनिले पुस २७ गते विभिन्न प्रस्तावहरु पारीत गर्न साधारण सभा डाकेको छ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनिले विहिबारबाट बुक क्लोज गर्ने छ । तसर्थ भोलीसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीह्रुले प्रस्तावित लाभांश पाउने छन् ।

लघुवित्तले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुजीको २७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस २७ गते होटल द नारायणी, गैंडाकोट, नवलपरासीमा बिहान १० बजेबाट कम्पनिको साधारण सभा सुरु हुने छ ।


प्रतिक्रिया दिनुहोस्