भोली मंगलबारसम्म कायम भएका शेयरधनीहरुले पाउँनेछन् ४ कम्पनिको लाभांश , कुनको कति ? « Arthapath.com
१९ पुष २०७८, सोमबार

भोली मंगलबारसम्म कायम भएका शेयरधनीहरुले पाउँनेछन् ४ कम्पनिको लाभांश , कुनको कति ?



काठमाडौं । चार कम्पनिको लाभांश सुरक्षीत गर्ने मंगलबार अन्तिम दिन हो । मंगलबारसम्म कायम भएका शेयरधनीहरुले २ लघुवित्त र २ फाइनान्स कम्पनिका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था,कालिका लघुवित्त वित्तीय संस्था,पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सले मंगलबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बुधबार बुक क्लोज गदैछन् । तसर्थ मंगलबारसम्म कायम भएका शेयरधनीहरुले ४ कम्पनिको लाभांश पाउनेछन् ।

जनउत्थान सामुदायिक लघुवित्त
कम्पनिले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गदै छ । तसर्थ भोली मंगलबारसम्म कायम भएका शेयरधनीहरुले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१५७ प्रतिशत नगद लाभांश पाउने छन् । प्रस्तावित लाभांश पारीत गर्न कम्पनीले पुस ३० गते होटल न्यू ईरा बुटवल उपमहानगरपालिका ९ कालिकापथमा बिहान ११ बजेबाट साधारण सभा गर्ने छ ।

कालिका लघुवित्त
कम्पनिले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बुधबारबाट बुक क्लोज गदै छ । तसर्थ भोली मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले १३ प्रतिशत बोनस पाउने छन् । प्रस्तावित लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्न पुस ३० गते होटल टास्क इन्टरनेशनल प्रालिको सभाहल, पोखरा महानगरपालिका – १० बुद्धचोक कास्कीमा बिहान ९ बजे साधारण सभा डाकेको छ ।

पोखरा फाइनान्स
कम्पनिले साधारण सभा तथा लाभांश प्रयोजनको लागि २१ गते अर्थात बुधबारबा बुक क्लोज गदै छ । तसर्थ भोलीसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले ८.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश पाउनेछन् । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते दरबारथोक व्याक्वेंट बास्तोलाथर, पोखरा ९ कास्कीमा बिहान ९ बजे साधारण सभा डाकेको छ ।

मल्टीपर्पस फाइनान्स
फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बुधबारबाट बुक क्लोज गर्ने छ । तसर्थभोली मंगलबारसम्म कायम भएका शेयरधनीहरुले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश पाउने छन् । प्रस्तावित लाभांश पारीत गर्नको लागि कम्पनीले केन्द्रीय कार्यालय राजवीराज, सप्तरीमा दिउँसो १ बजेबाट साधारण सभा गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्