जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण नगर्न निर्देशन « Arthapath.com
२९ पुष २०७८, बिहीबार

जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण नगर्न निर्देशन



काठमाडौैं । जीवन बीमा कम्पनिलाई पनि नगद लाभांश वितरण नगर्न बीमा समितिले निर्देशन दिएको छ । जीवन विमा कम्पनिहरुलाई निर्देशन जारी गदै नगद लाभांश वितरण नगर्न निर्देशन दिएको हो ।

कम्पनीले भविष्यमा जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने, आइपर्नसक्ने थप जोखिम बहन गर्न पुँजीकोषलाई सबल बनाउन अर्को व्यवस्था नहुनजेलको लागि नगद लाभांश वितरण नगर्न निर्देशन समितिले जनाएको छ । उक्त निदेशिका जारी भएसंगै बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि मात्र नगद लाभांश वितरण गर्न पाउने छन् ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुले यस अघिनै नगद लाभांश वितरण नगर्न निर्देशन दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्