ज्योति लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ? « Arthapath.com
१३ माघ २०७८, बिहीबार

ज्योति लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । हिजो बसेको संचालक समितिको बैठकले फागुन ६ गते चौथौं साधारण सभ गर्ने निर्णय गरेको हो । फागुन ६ गते शुक्रबार वाटर फ्रन्ट रिसोर्ट लेकसाइड पोखरामा कम्पनीको चौथौ वार्षिक साधारण सभा हुने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि इन्स्योरेन्सले माघ २४ गते बुक क्लोज गर्ने छ । तसर्थ माघ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश तथा साधारण सभामा सहभागी हुन पाउने छन् ।

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।

4th-agm-notice-jyotilife


प्रतिक्रिया दिनुहोस्