प्रतिकित्ता ३०४ रूपैयाँमा सूर्या लाइफको शेयर बिक्रीमा « Arthapath.com
१९ माघ २०७८, बुधबार

प्रतिकित्ता ३०४ रूपैयाँमा सूर्या लाइफको शेयर बिक्रीमा



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर बिक्री गर्ने भएको छ । एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेको सूर्या लाइफको संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले बोलकबोल मार्फत ८ हजार १५८ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीको उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३०४ रूपैयाँ तोकिएको छ ।

बैंकले ८ हजार १५८ कित्ता शेयर बिक्री गर्न कम्पनीमा आवेदन दिएकोमा बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम संस्थापक शेयरधनीले संस्थापक शेयर हस्तान्तरण गर्दा विद्यमान संस्थापकहरुलाई नै प्राथमिकता दिनुपर्ने र निजहरुले खरिद नगरेमा प्रचलित कानुनको अधिनमा रही अन्य व्यक्ति–संस्थालाई उपयुक्तताको जाँच गरी शेयर बिक्री गर्न सकिने व्यवस्था शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको उक्त संस्थापक शेयरधनीहरुलाई ३५ दिन भित्रमा आफुले खरिद गर्न चाहेको कित्ता र मूल्य निर्धारण गरेर कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल काठमाण्डौमा पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्