बोनस सेयर तथा हकप्रद सेयर !

कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी विद्यमान सेयरधनीहरुलाई लाभांशको रुपमा दिइने थप सेयरलाई बोनस सेयर (स्टक डिभिडेन्ड) भनिन्छ भने विद्यमान सेयरधनीहरुको खरिद गर्ने पहिलो हक हुने गरी उनीहरुलाई समानुपातिक रुपमा सेयर बिक्री गर्न जारी गरिने थप सेयरलाई हकप्रद सेयर (राइट सेयर) भनिन्छ ।
बोनस सेयरका लागि सेयरधनीले पैसा तिर्नु पर्दैन । साधारण सेयरजस्तै बजार मूल्यमा यसको कारोबार हुन सक्छ । बोनस सेयर प्राप्त गर्नेले सरकारलाई कर तिर्नुपर्छ ।
हकप्रद सेयरका लागि सेयरधनीले पैसा तिर्नु पर्छ । साधारण सेयरजस्तै बजार मूल्यमा यसको कारोबार हुन सक्छ । बोनस सेयर र हकप्रद सेयर बाँडी सकेपछि कम्पनीको बजार सेयर मूल्यमा समायोजन गरिने भएकाले मूल्य घट्न सक्छ ।