इमर्जिङ्ग नेपालको ५५ लाख ५६ हजार कित्ता आईपीओ सूचीकृत, होला त ३१५.३३ रुपैयाँमा पहिलो कारोबार ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

इमर्जिङ्ग नेपालको ५५ लाख ५६ हजार कित्ता आईपीओ सूचीकृत, होला त ३१५.३३ रुपैयाँमा पहिलो कारोबार ?



काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६ सय कित्ता र कम्पनीका संस्थापकहरुले लागनी गरेको ५० लाख ४ सय कित्ता शेयर गरी ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम १०५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३१५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीले कारोबारका लागि ENL (ईएनएल) सिम्बोल पाएको छ ।

कम्पनीले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्