शेयर बजारबाट ७ महिनामा ९ अर्ब रुपैयाँ राजश्व संकलन « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

शेयर बजारबाट ७ महिनामा ९ अर्ब रुपैयाँ राजश्व संकलन



काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) ले माघ मसान्तसम्ममा झण्डै ९ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँग गरेको पूँजी बजार रिपोर्टिङ सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेप्सेले पूँजी बजारबाट ८ अर्ब ९० करोड रुपैयाँ संकलन गरेको जनाएको हो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८ अर्ब ९० करोड ६८ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ भने गत आर्थिक वर्षमा १४ अर्ब १३ करोड ६१ लाख ५३ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

पछिल्लो समय पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढेकाले राजश्व संकलन बढेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुर्ण प्रसाद आचार्यले जानकारी दिए । उनले पछिल्लो १८ महिनामा ३४ लाखले डिम्याट खाता खोलेको पनि जनाएका छन् । हाल डिम्याट खाता ५० लाख १९ हजार ८२६ पुगेको सीईओ आचार्यले बताए । डिम्याट खाता खोल्नेको संख्या बढेसँगै मेरो शेयर प्रयोगकर्ताको संख्या पनि बढेको छ । मेरो शेयर प्रयोगकर्ताको संख्या ४१ लाख ३३ हजार २४० पुगेको उन बताए । चालु अर्थिक बर्षमा दुई किसिम कर लागू भएको छ । छोटो समय कारोबार गर्ने र लामो समय कारोबार गर्ने कर बढेको छ ।


प्रतिक्रिया दिनुहोस्