अन्तिममा आएर निर्जीवन बीमा समूह मात्रै बढ्यो, जीवन विकास, राष्ट्र उत्थान र इमर्जिङ्गको शेयर मूल्यमा सर्किट « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

अन्तिममा आएर निर्जीवन बीमा समूह मात्रै बढ्यो, जीवन विकास, राष्ट्र उत्थान र इमर्जिङ्गको शेयर मूल्यमा सर्किट



काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर मार्केटमा सबै समूहमा राताम्य छाउँदा निर्जीवन बीमा समूहमा मात्रै हरियाली छाएको छ । दिनभरि उतारचढाव हुँदै शेयर बजार बन्द हुने बेलामा भारि अंकले घटेको हो । शेयर कारोबार शुरु भएको केही समयसम्म सकारात्मक रहेको शेयर बजार अन्तिम समयमा आएर ओरालो लागेको हो ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४१.४३ अंकले घटेर २५७२.२३ विन्दुमा बन्द भएको छ । आज २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर ६२ हजार १६४ पटक किनबेच हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज निर्जीवन बिमा समूहको शेय मूल्य १.०९ प्रतिशतले बढेको छ । अन्य सबै बाँकी समूहमा राताम्य छाएको छ । बीमा कम्पनीको चुक्ता पूँजी बृद्धि गर्ने निर्णयले पहिलो प्रहरमा विशेषगरी बिमा कम्पनीहरुको शेयरमा उत्साह देखिएको थियो । तर अन्तिम प्रहरमा बिक्रेता हावी बढ्न पाएन ।

स्थानीय निकायको निर्वाचन नजिक नजिक आईरहेको छ । स्थानिय चुनावको रौनकता बढेसँगै शेयर बजारमा पनि सकारात्मक लिने आशा गरिएको । तर केही समयदेखि शेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ ।

आज जीवन विकास लघुवित्तको १० प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ९.९९ प्रतिशत, इमर्जिङ्ग नेपालको ९.९९ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ९.६७ प्रतिशत र जनरल इन्स्योरेन्सको शेयर मूल्य ९.६५ प्रतिशत बढेको छ ।


प्रतिक्रिया दिनुहोस्