शेयर बजारमा रौनकता एक दिन पनि टिकेन, कारोबार रकम १ अर्ब ८९ करोड रुपैयाँ मात्रै « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

शेयर बजारमा रौनकता एक दिन पनि टिकेन, कारोबार रकम १ अर्ब ८९ करोड रुपैयाँ मात्रै



काठमाडौं । शेयर बजारमा देखिएको रौनकता एक दिन पनि टिक्न नसक्दा साताको अन्तिम दिन दोहोरो अंकले बजारमा गिरावट आएको छ । यसअघि हिजो बुधबार शेयर बजारमा रौनकता छाएको थियो तर उक्त रौनकता एक दिन पनि टिक्न सकेन ।

स्थानिय तहको निर्वाचनको चहलपहल शुरु भएपछि शेयर बजार बढ्छ भन्ने मानसिकता लगानीकर्तामा रहेको थियो । तर चुनाव नजिक आउँदै गर्दा पनि शेयर बजार पुन राताम्य स्थितिमा पुगेको छ ।

लामो समयदेखि बजार करेक्सन हुँदै बजार घट्दै आएको छ । लगानीकर्ताको मनोब बजारमा करेक्सनको डरले छोड्न सकेको देखिदैन । बजारमा तरलता अभाव बढ्नु र ब्याजदर बृद्धिले नै शेयर बजार घटेको शेयर विज्ञहरु बताउँछन् ।

साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.९५ अंकले घटेर २५४४.३० अंकमा बन्द भएको छ । यसअघि नेप्से सूचक ४०.६८ अंकले बढेर २५६८.२५ अकंमा बन्द भएको थियो ।

त्यस्तै, बिहीबार दिनभरिमा २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर ३७ हजार ४२९ पटक किनबेच हुँदा १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँ बराबरको कारोबार भएको छ । यअसघि हिजो बुधबार दिनभरिमा २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयर ३६ हजार ८११ पटक किनबेच हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

साताको अन्तिम दिन ब्यापार समूह बाहेक सबै समूहमा राताम्य छाएको छ । ब्यापार समूह ०.७१ प्रतिशले बढेको छ । त्यस्तै, बिहीबार बैंकिङ समूह ०.३९ प्रतिशत, होटल तथा पर्यटन समूह २.५१ प्रतिशत, विकास बैंक समूह २.३१ प्रतिशत, हाइड्रोपावर समूह १.८५ प्रतिशत, फाइनान्स समूह २.७६ प्रतिशत, निर्जीवन बीमा समूह ०.३ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूह ०.४५ प्रतिशत, अन्य समूह १.२६ प्रतिशत, माकइक्रोफाइनान्स समूह ०.९ प्रतिशत, जीवन बीमा समूह १.२२ प्रतिशत, म्युचुअल फण्ड समूह ०.२६ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.७६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

त्यस्तै, बिहीबार इमर्जिङ्ग नेपाल, राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य १० प्रतिशत र नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । त्यस्तै, नारायणि डेभलपमेन्ट बैंकको शेयर मूल्य ४.७९ प्रतिशत घटेको छ ।


प्रतिक्रिया दिनुहोस्