नेप्सेमा ८ कम्पनीको ५ करोड ८६ लाख कित्ता बोनस र २५ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । चैत्र १३ गते आइतबारदेखि चैत्र १८ गते शुक्रबारसम्म नेप्सेमा विभिन्न ८ कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, नबिल बैंक लिमिटेड, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेप्सेमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ करोड ८६ लाख ७१ हजार ९३९.४३९७ कित्ता बोनस शेयर नेप्सेमा सूचकिृत भएको हो ।
१. एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको ५२ लाख ९० हजार ७४२.७२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनले गत आर्थिक बर्ष २०७६–७७ नाफाबाट कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २ प्रतिशत नगद लाभांश गरी कूल २७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२. सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ३१.०५ प्रतिशत बोनस शेयर बापतको ६ लाख ३९ हजार ७२७.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.६३ प्रतिशत नगद गरी कूल ३२.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
३. नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस शेयर बापतको ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३३.६० प्रतिशत बोनस शेयर र कर प्रयोनार्थ ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
४. एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस शेयर बापतको ९ लाख ७३ हजार ३४५.४६९७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
५. स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२.३० प्रतिशत बोनस शेयर बापतको २ लाख ९७ हजार ३२१.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.७ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
६. आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको २० लाख ६८ हजार ४४३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
७. नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४० प्रतिशत बोनस शेयर बापतको १६ लाख ७६ हजार २१४.२१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको २८ प्रतिशत बोनस शेयर बापतको १२ लाख ८ हजार ७८९.१५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
त्यस्तै, यस साता नेप्सेमा नेष्डो समृद्ध लघुवित्तको आईपीओ सूचीकृत भएको छ । लघुवित्तको २५ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले सर्वसाधारणलाई वितरण गरेको ८ लाख २८ हजार ७५० कित्ता शेयर र संस्थापक शेयरधनीहरुको १७ लाख २१ हजार २५० कित्ता शेयर गरी कूल २५ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले फागुन ११ गते बुधबारदेखि फागुन १५ गतेसम्म चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गरेको थियो ।