नेप्सेमा ८ महिनामा साढे १ खर्बको धितोपत्र सूचीकृत, ११ कम्पनी थपिँदा कुनको कति हिस्सा ? « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

नेप्सेमा ८ महिनामा साढे १ खर्बको धितोपत्र सूचीकृत, ११ कम्पनी थपिँदा कुनको कति हिस्सा ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ८ महिनाको अवधिमा झण्डै साढे १ खर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ । राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७८–७९ को तथ्याङ्क अनुसार ८ महिनाको अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको हो ।

जसमा ४६ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३७ अर्ब १६ करोड रुपैयाँ बराबरको बोनस शेयर, २९ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, १७ अर्ब ८३ करोड रुपैयाँ बराबरको साधारण शेयर, ९ अर्ब १८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल १४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

त्यस्तै, समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब ११ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, ३ अर्ब बराबर रुपैयाँ बराबरको म्युचुअल फण्ड र २ अर्ब ८४ करोड रुपैयाँ बराबरको साधारण शेयर गरी कुल १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा फागुनसम्ममा सूचीकृत ६ अर्ब ६१ करोड शेयरको चुक्ता मूल्य ६५१ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

फागुन सम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २२८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७७ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २१७ रहेको थिए ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.३ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्