नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन ‘शेयर कारोबार अवधिभर ‘फ्लोर सिट’ हेर्न नमिल्ने बनाउनु’

काठमाडौं । शेयर कारोबार ‘फ्लोर सिट’ हेर्न नपाईने भएको छ । अवधिभर लगानीकर्ताले अब कारोबारको रियल टाइममा फ्लोर सिट हेर्न नपाउने भएका हुन् । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई ‘फ्लोर सिट’ हेर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
हाल कारोवार समयमा नै फ्लोर सिटमार्फत् कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको थियो । तर उक्त विवरण हटाउन बोर्डले निर्देशन दिएको हो ।
धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समयपश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले निर्देशन दिएको हो ।
कोरोना महामारीको समयमा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुको कार्यालयमा बन्द भएको स्किृन एक्जिविसन रुम खुला हुने भएको छ । धितोत्रप बोर्डले ब्रोकर कम्पनीलाई उक्त रुम खोज्न निर्देशन दिएको हो ।
कोरोनाको समयमा धितोपत्र दलाल व्यवसायीको कार्यालयमा भिडभाड नहोस् भनेर स्क्रिन एग्जिविशन कक्ष बन्द भएको हो । ‘हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको छ ।