शेयरधनीको खातामा २० प्रतिशत बोनस शेयर पठायो, आएको छैन् भने यसो गर्नुहोस् « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

शेयरधनीको खातामा २० प्रतिशत बोनस शेयर पठायो, आएको छैन् भने यसो गर्नुहोस्



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले बोनस शेयर वितरण गर्न शुरु गरेको छ । इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा पठाएको हो ।

कम्पनीको चैत्र ११ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७६–७७ को नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

हितग्राही खाता खोल्न बाँकी र गत आर्थिक बर्षहरुको शेयर प्रमाणपत्र संकलन नगरेका शेयरधनीले संस्थाको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबाट प्रमाणपत्र संकलन गर्न र हितग्राही खाता खोली शेयर अभौतिकीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्