नासालाई कारवाही गर्ने धितोपत्र बोर्डको चेतावनी « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

नासालाई कारवाही गर्ने धितोपत्र बोर्डको चेतावनी



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक कम्पनीलाई कारवाही गर्ने चेतवानी दिएको छ । नासा ईन्भेष्टमेन्ट प्रालिलाई अनुमति पत्र प्राप्त नगरी धितोपत्र व्यवसाय सम्बन्धी कार्य गरेको भन्दै नियामक निकाय धितोपत्र बोर्डले कारवाही गर्ने चेतावनी दिएको हो । नासा ईन्भेष्टमेन्ट प्रालिलाई अनुमति पत्र प्राप्त नगरी धितोपत्र व्यवसाय सम्बन्धी कार्य बन्द गर्न समेत पत्राचार गरेको बोर्डले जनाएको हो ।

नासा ईन्भेष्टमेन्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र नलिई डिम्याट खाता, मेरो शेयर, ब्रोकर खाताको सहजीकरण गर्ने, शेयर बजारमा पोर्टफोलियो म्यानेजमेण्ट सम्बन्धी कार्यहरु गर्ने, धितोपत्रको दोस्रो बजारमा खरिद विक्री सम्बन्धी परामर्श दिने जस्ता धितोपत्र सम्बन्धी सेवाहरु लगानीकर्ताहरुलाई प्रदान गरिरहेको हुँदा उक्त कार्यहरु बन्द गरी बोर्डमा जानकारी गराउन पत्राचार गरेको हो ।

उक्त कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र लिएर मात्र संचालन गर्न पाईने व्यवस्था रहेको छ । तर बोर्डबाट अनुमति पत्र नै नलिईकन उक्त कार्यहरु गरेमा गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्