सूर्योदय र वोमी लघुवित्त मर्जरपछि कायम शेयर सूचीकृत, पहिलो कारोबार कति ? « Arthapath.com
२७ बैशाख २०७९, मंगलवार

सूर्योदय र वोमी लघुवित्त मर्जरपछि कायम शेयर सूचीकृत, पहिलो कारोबार कति ?



काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडविच मर्जरपछि कायम शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मंगलवार सूर्योदय वोमी लघुवित्तको नाममा ७९ लाख १९ हजार ८४८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । यी दुई कम्पनीविच १ बराबर १ को अनुपातमा शेयर आदाप्रदान गर्ने सहमति अनुसार कायम हुन आएको उल्लेखित शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको हो ।

दुबै कम्पनीहरुका शेयरधनीहरुको शेयर कारोबार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १ हजार ३७३ दशमलव ४० मूल्य रेञ्ज तोकेको छ । सोही मूल्यरेञ्जको आधारमा कम्पनीको कारोबार खुला हुनेछ ।

गत भदौ १५ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेका दुबै कम्पनीको शेयर कारोबार गत भदौ १६ गतेदेखिनै रोक्का रहेको छ ।


प्रतिक्रिया दिनुहोस्