सगरमाथा इन्स्योरेन्सका शेयरधनी मालामाल ! « Arthapath.com
२९ बैशाख २०७९, बिहीबार

सगरमाथा इन्स्योरेन्सका शेयरधनी मालामाल !



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा बैशाख २८ गते लैनचौर बैङ्क्वेट लैनचौर काठमाडौंमा सम्पन्न भएको छ । सभाले कम्पनीको हाल कायम गरेको चुक्तापूँजीको १.०५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजन र २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रबन्धकको दफा ५.१ मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी २ अर्बबाट वृद्धि गरी ५ अर्ब कायम गर्ने र दफा ५ को उपदफा २ पछि उपदफा २.१ थप गरी सो उपदफामा चुक्तापूँजीको ब्यवस्था गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ३३ करोड ३६ लाख २९ हजार रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले बैशाख १६ गते देखि बैशाख २८ गतेसम्म बुक क्लोज गरेको हुदाँ बैशाख २२ गते कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गरको छन् ।


प्रतिक्रिया दिनुहोस्